राजनीति


हामी कसैको पक्षमा छैनौँ, भ्रष्टाचारका अरू प्रकरणको पनि छानबिन हुन्छ : मन्त्री मोदी

हामी कसैको पक्षमा छैनौँ, भ्रष्टाचारका अरू प्रकरणको पनि छानबिन हुन्छ : मन्त्री मोदी

नेपालखबर
साउन १९, २०८० शुक्रबार १६:६, काठमाडौँ

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरकारले भ्रष्टाचारका अरू प्रकरणहरूमा पनि छानबिन गर्ने बताएका छन्। 

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री मोदीले सरकारले भ्रष्टाचारका अन्य प्रकरणहरूमा पनि छानबिन गर्ने बताएका हुन्। 

‘सुशासन कायम गर्न सरकार लागिरहेको छ। सरकार प्रतिवद्ध छौँ। हामीले भ्रष्टाचारका अरु पनि धेरै विषयवस्तुमा सरकारले छानबिन गर्छ नै। यस कुरामा दुइमत छैन,’ उनले भने ‘सरकार लागिराखेको छ। हाम्रो लक्ष्य अरु पनि छन्। मजदुर किसानको बारेमा बोल्न लागिरहेको छौँ। देशको अर्थतन्त्र सुधार गरेर विकास र समृद्धिको कुरामा लागिरहेका छौँ। विभिन्न प्रकारका असमानतालाई अन्त्य गर्न लागिरहेका छौँ।’

उनले देशमा सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको बताए। उनले नक्कली भूटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण र सुन तस्करी प्रकरणको निष्पक्ष तरिकाले छानबिन गरिरहेको बताए।

‘हामी कसैको पक्षमा छैनौँ। आफ्ना नजिकका मान्छेलाई बचाऔँ। या अर्काकालाई कारबाही गर्ने, हामी निष्पक्ष तरिकाले सरकारले सही ढंगले कोही दोषिपनि नउम्कियोस्,’ उनले भने, ‘निर्दोष पनि नपरोस् भन्ने सिद्धान्तले काम गरिराखेका छौँ। हामी सरकारका सहयात्री दलहरूसँग मात्र होइन, प्रतिपक्ष दलका साथीहरूसँग पनि सहयात्राका कुरा, छलफलका कुरा गरिरहेका छौँ।’

मन्त्री मोदीले स्थानीय तहहरू निमित्तको भरमा चलाउने कुराको अन्त्य गर्न लागेको दाबी गरे। 

उनले मधेस प्रदेशमा अब कतैपनि निमित्तको भरमा स्थानीय तह नचलेको पनि बताए। 

अहिले देशभरमा करिव ९० स्थानमा निमित्तको भरमा चलिरहेको भन्दै त्यसको पनि क्रमशः अन्त्य गर्दै जाने उनको भनाइ छ। 

‘सबैभन्दा बढी मधेश प्रदेशमा निमित्त थियो। समस्या थियो। हिजोदेखि जिरोमा झारिदियौँ। अब मधेसमा निमित्त छैन। अब ८८÷९० यस्तै निमित्त छ । हामी सरुवा प्रणालीपनि मेरिटको हिसाबमा पठाउँछौ अब बढुवा भएका साथीहरुलाई मेरिटका हिसावमा। मेरिट दिन्छौँ क, ख, ग, घ। जहाँ छ एक नम्बर पाउने कुन रोज्छौँ? दुई कुन? अब आउने मेरिटको हिसाबमा गर्दैछौँ,’ मन्त्री मोदाीले भने, ‘हामी कसैको सोर्स कुरा सुन्दैनौँ। मेरिटको हिसाबमा लागू गर्न खोज्दैछौँ। माननीय ज्यूहरु पनि आफूलाई अनुकुल पर्ने, तलका जनप्रतिनिधि साथीहरु राजनीतिक रुपमा बढी मात्रामा कर्मचारी व्यवस्थापनमा टर्चर, हामीले भनेकै मान्छे हुनुपर्दा सुशासन कायम गर्न सकिँदैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .