ad ad

राजनीति


एमाले सचेतक बर्तौलाको प्रश्न- उच्चस्तरीय छानबिन माग्दा सरकार डराउनुको कारण के हो?

एमाले सचेतक बर्तौलाको प्रश्न- उच्चस्तरीय छानबिन माग्दा सरकार डराउनुको कारण के हो?

नेपालखबर
साउन १६, २०८० मंगलबार १७:३६, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणको छानबिनलाई सहज बनाउन लागि आफ्नो पार्टीले उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्नुपरेको बताएका छन्।

‘हामी राज्यको सबै अंगहरुलाई साथमा लिएर उच्चस्तरीय छानबिन समिति त्यहीँसँगै बसेर काम गर्ने हो। यो अर्को छुट्टै समिति भएपनि त्यहीसँग कोलाबोरेशन गरेर काम गर्छ। मैले यति भनौं–कतिपय हाई प्रोफाइलमा मानिसहरुको जे संकेत आइरहेको छ। त्यसमाथि उच्चस्तरकै छानबिन समिति भयो भने त्यो काम गर्न पनि सहयोग पुग्छ’, बर्तौलाले भने।

मंगलबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ सचेतक बर्तौलाले सो उच्चस्तरीय छानबिन समितिले राजश्व अनुसन्धान विभागको छानबिन समितिसँगै मिलेर काम गर्ने बताए। 

सो सुन तस्करीमा माथिल्लो स्तरको संलग्नता रहेको आफूहरुले संकेत पाएको उल्लेख गर्दै उनीहरूलाई पनि छानबिनको दायरामा ल्याउनका लागि आफ्नो पार्टीले उच्चस्तरीय छानबिन समिति नै बनाउनुपर्ने अडान लिएको प्रष्ट पारे। 

‘उहाँहरुले पनि यो माग गरिरहनु भएको छ। जो अहिले अनुसन्धानको प्रक्रियामा खटिरहेका एजेन्सीहरू छ। उहाँहरुलाई पनि उच्चस्तरीय छानबिन समिति भइदियो भने हामीलाई यसको चाहीँ खास ठाउसम्म पुग्नका लागि, सबै नेक्ससहरु पहिचान गर्नका लागि काम लाग्छ, सहयोग पुग्छ भन्ने उहाँहरुले पनि ठान्नु भएको छ,’ उनले भने, ‘सिंगो देशले मागिरहेको विषयमा सरकार डराइरहेको कारण चाहीँ के हो? हामी छक्क परेका छौं।’

अहिले छानबिनमा संलग्न रहेका निकाय तथा अधिकारीहरूले पनि उच्चस्तरीय छानबिनको आवश्यक्ता औंल्याइरहेको उनको जिकिर थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .