ad ad

राजनीति


सामान्य प्रशासनमन्त्री मोदी र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

सामान्य प्रशासनमन्त्री मोदी र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

नेपालखबर
साउन १६, २०८० मंगलबार १७:३७, काठमाडौँ

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। 

सिंहदरबास्थित मन्त्रालयमा बुधबार दिउँसो भएको भेटमा मन्त्री मोदी र राजदूत श्रीवास्तवबीच समसामयिक एवम् द्विपक्षीय हितबारे छलफल भएको छ। 

भेटका क्रममा राजदूत श्रीवास्तवले स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्न आवश्यक सहायता उपलब्ध गराउन भारत इच्छुक रहेको बताए। 

मन्त्री मोदीले आवश्यक छलफल गरेर सबै विषयहरुलाई अगाडि बढाउने जवाफ दिए। 

त्यस्तै भेटमा छिमेकी मित्रराष्ट्र भारतको सहायतामा सञ्चालित विभिन्न कार्यक्रमहरुको प्रभावकारीताको समीक्षा, आगामी कार्यक्रमको कार्यान्वयनबारे छलफल भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .