नेपाली कांग्रेसले मातहतका सबै कार्य समितिहरुलाई केन्द्रीय कार्य समितिको जस्तै फेसबुक एकाउन्ट खोल्न निर्देशन दिएको छ।
कांग्रेसको संचार तथा प्रचार विभाग विभागका प्रमुख मीनबहादुर विश्वकर्माको अध्यक्षतामा मंगलबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो।
विभागले नियमन तथा व्यवस्थापन गर्ने उद्धेश्यले सामाजिक सञ्जाल फेसबुकको उपयोग गर्न लागिएको जनाएको छ।
‘नियमन तथा व्यवस्थापन गर्ने उद्देश्यले पार्टीका यस विभागको सबै तहका समितिलाई केन्द्रीय कार्यालयको जस्तै फेसवुक एकाउण्ट खोल्न आग्रह गर्ने निर्णय गरियो’, विभाग प्रमुख विश्वकर्माले भनेका छन्।
उनका अनुसार बैठकले लोकतन्त्रमा आस्था राख्ने सञ्चार गृह र सञ्चारकर्मीको विवरण प्रेस युनियनसँग समन्वय गरी संकलन गर्ने निर्णय पनि भएको छ।
अन्य निर्णय
93
Shares
प्रतिक्रिया