ad ad

राजनीति


निर्माण व्यवसायीको आन्दोलनमा मेरो पूर्ण समर्थन छ : सांसद सापकोटा

निर्माण व्यवसायीको आन्दोलनमा मेरो पूर्ण समर्थन छ : सांसद सापकोटा

नेपालखबर
साउन १६, २०८० मंगलबार १७:१८, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले निर्माण व्यवसायीहरु गरेको आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहेको बताएका छन्।

मंगलबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले ठेक्का लागिसकेपछि रनिङ बिलमा समेत कन्ट्याक्टरहरुले पेमेण्ट नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएउ। 

‘निर्माण व्यवसायीहरु अहिले पनि हड्तालमा हुनुहुन्छ, प्रधानमन्त्री निवास अगाडि। म त्यो आन्दोलनप्रति समर्थन गर्न चाहन्छु। मेरै निर्वाचन क्षेत्रमा पनि ५/६ वटा यस्ता परियोजनाहरु छन्,’ उनले भने, छजो ठेक्का भएर चालु रहेका रनिङ बिलमा समेत कन्ट्याक्टरहरुले पेमेण्ट पाएका छैनन्। यो प्रधानमन्त्री, अर्थमन्त्रीको समेत ध्यानाकर्षणको विषय हो । विषयगत मन्त्रालय हुनुको नाताले यी विषय हल गर्नुपर्छ।’

उनले केही दिनपछि अरनिको राजमार्गसमेत ठप्प पार्नेगरी आन्दोलन हुन लागेको भन्दै आफू पनि सहभागी बन्नसक्ने बताए। 

‘केही दिनपछि त अरनिको राजमार्गसमेत ठप्प पार्नेगरी चुनौतीहरू आएका छन्। आन्दोलनकारीका जायज माग भएकाले हड्तालमा गएर सडकमा बस्नुपर्ने स्थिति छ,’ सांसद सापकोटाले भने, ‘यो सामान्य प्रकारको समस्या होइन। यी समस्याको समाधान हुनुपर्छ।’

आन्दोलनकारीका जायज माग भएकाले हड्तालमा गएर सडकमा बस्नुपर्ने स्थिति रहेको उनले बताएका हुन्। सांसद सापकोटाले चालु रहेका प्रोजेक्टहरुकै पेमेण्ट गर्न नसक्ने हो भने नयाँ योजनाको कुरा गर्नु बेकार रहेको पनि बताए।

‘चालु रहेका प्रोजेक्टहरुकै पेमेन्ट गर्न सक्दैनौँ भने नयाँ प्रोजेक्टको हामी किन धेरै कुरा गर्ने? यो थ कम्प्लिट हुनुपर्छ। अहिले ठेक्का लगाउँदा झनै जनताले बढी दुःख पाउने परिस्थिति भएको छ,’ उनले भने, ‘नयाँ बजेट परिचालनको संघारमा छौँ। यसपालिको कसरी अर्थतन्त्र चल्छ मलाई थाहा छैन। किनभने एकै ठाउँमा अर्बौं रुपैयाँ र अर्को ठाउँमा १० लाख छ।’

सांसद सापकोटाले चालु आर्थिक वर्षमा अर्थतन्त्र कसरी चल्छ भन्ने चिन्ता रहेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .