नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकमा सुशासन कायम राख्न भ्रष्टाचारको अन्त्य गर्नुपर्ने बताएका छन्।
नेपाल विद्यार्थी सङ्घ मोरङको नेतृत्व विकास तथा प्रशिक्षण कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उनले मुलुकको विकासका निम्ति भ्रष्टाचार र दण्डहिनताको अन्त्य हुनुपर्ने बताए।
नेविसङ्घ मोरङ सभापति सरोज पोखरेल, नेकां मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझी, महानगर सभापति दीपक चापागाईं, कांग्रेस कोशी प्रदेश कोषाध्यक्ष राजेश गुप्ता, नेविसङ्घ पूर्वसहमहामन्त्री कृष्ण कार्की, कांग्रेसका क्षेत्रीय सभापति विनोद बस्नेतलगायतले भातृ सङ्गठनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए।
15
Shares

प्रतिक्रिया