शहरी विकासमन्त्री सीता गुरुङले सरकारले अनियमितता गर्ने सबै दोषीलाई सरकारले कारबाहीको दायरामा ल्याउने बताएकी छिन्।
सोमबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले काम गरेकै कारण सुन तस्करहरू पक्राउ परेको भन्दै सुन तस्करी प्रकरणमा संलग्न सबैलाई कारबाही हुने बताए।
उनले दोषी अनुसन्धानको घेरामा आउने भन्दै तिब्र गतिमा अनुसन्धान अघि बढ्ने बताए।
‘सरकारले काम नगरेको भए त पक्राउ नै पर्ने थिएनन् नि। दोषीहरूलाई कारबाही हुन्छ। अनुसन्धान तिब्र गतिमा अघि बढ्छ। जो दोषी हुन्छ, अनुसन्धानको लागि लगिहाल्छ,’ उनले भनिन्।
मन्त्री गुरुङले सरकारले काम गरेकै कारण दोषीहरु धमाधम पक्राउ परेको उल्लेख गरिन्।
33
Shares

प्रतिक्रिया