समाज


सेनाका सबै जहाज र हेलिकप्टर २४ सै घण्टा उड्ने अवस्थामा हुनुपर्छ : रक्षामन्त्री खड्का

सेनाका सबै जहाज र हेलिकप्टर २४ सै घण्टा उड्ने अवस्थामा हुनुपर्छ : रक्षामन्त्री खड्का

नेपालखबर
साउन १५, २०८० सोमबार १९:०, काठमाडौँ

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाले सञ्चालन गरिरहेको हवाई सेवालाई अझै विश्वसनीय र जनताको सेवामुखी बनाउन आग्रह गरेका छन्। 
    
नेपाली सेनाले सञ्चालन गरेको सैनिक हवाईसेवा अन्तर्गतको मध्य एयरवेशको निरीक्षण गर्दै उपप्रधानमन्त्री  खड्काले यसो भनेका हुन्। 

उनले सेनाले सञ्चालन गरिरहेको हवाई सेवा अरुभन्दा भिन्न रहेको बताए। खड्काले यसको सेवालाई अझै बढी विश्वासिलो र जनताको सेवामा समर्पित गर्न सकिन्छ त्यतातिर बढी ध्यान दिन पनि आग्रह गरे।
    
अन्य संस्थाको तुलनामा कम सेवा सुविधामा हुँदा पनि नेपाली सेनाले हरेक अप्ठ्यारो परिस्थितिमा हवाई सेवा दिइरहेको उनले बताए। 

खड्काले सेनाको हवाई क्षेत्रमा काम गर्ने पाइलटदेखि अन्य सबै कर्मचारीले देशलाई परेको बेला विपद् तथा उद्दारका काममा रातदिन खटिएर काम गरेकोमा जनताले सधै सम्मान गर्ने बताए।

नेपाली सेनाको हवाई सेवालाई अझै राम्रो बनाउन, यहाँ काम गर्ने जनशक्तिलाई उचित तालिम तथा सेवा सुविधामा प्रोत्साहन गर्न सरकार तथा रक्षा मन्त्रालय सधैँ तयार रहने उनको भनाइ छ। 

खड्काले नेपाली सेनाको देश प्रेम र जनताप्रतिको सेवाभाव सरकारले बुझेको बताउँदै सेवालाई अझै गुणस्तरीय बनाउन सुझाए।

उपप्रधानमन्त्री खड्काले नेपाली सेनाका सबै जहाज र हेलिकोप्टर २४ सै घण्टा सञ्चालन गर्न सक्ने गरी तयारी अवस्थामा राख्न पनि निर्देशन दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad