राजनीति


सुन तस्करीमा अन्तर्राष्ट्रिय आतंकवादीको पैसा प्रयोग भएको आशंका छ : योगेश

सुन तस्करीमा अन्तर्राष्ट्रिय आतंकवादीको पैसा प्रयोग भएको आशंका छ : योगेश

फाइल फोटो


नेपालखबर
साउन १५, २०८० सोमबार १५:३३, काठमाडौँ

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सुन काण्डले राष्ट्रको इज्जतमाथि गम्भीर प्रश्न उठाएको बताएका छन्।

आईतवार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले सुन तस्करी प्रकरणमा अन्तर्राष्ट्रिय आतंकवादीसँग सम्बन्धित पैसा प्रयोग भएको खबर बाहिरिएको बताए। उनले सरकार जवाफदेही बन्ने भन्दापनि वादप्रतिवादमा उत्रिने काम गरेको बताए।

उनले भने, ‘पछिल्लो सुन काण्डले राष्ट्रको इज्जतमाथि गम्भीर प्रश्न उठाएको छ। तथ्य प्रमाण छैन तर सुनिरहेको छु, यो कुनै लिगल कुनै मान्छेले पैसा कमाएर सुन किनेर ल्याएर फेरि पैसा कमाउन खोजेको होइन। यदी उसले व्यवसाय गर्दथ्यो भने एक अर्ब रुपैयाँ लगानी घरजग्गामा नै गरेको भए राम्रो कमाइ हुन्छ। तर सुनिँदै छ, यो कुनै अन्तर्राष्ट्रिय आतंकवादीसँग सम्बन्धित पैसा यसमा प्रयोग भएको छ। हतियारसँग सम्बन्धित प्रसा यसमा प्रयोग भएको छ। लागुऔषधको कारोबार गर्नेको पैसा संलग्न भएको छ, त्यसकारण यो सामान्य घटना होइन।’

उनले सुन तस्करीमा प्रधानमन्त्री पुष्पकमल दाहालको पार्टी नेकपा (माओवादी केन्द्र) का उच्च तहका नेताहरु संलग्न रहेको कुरा बाहिरिएको भन्दै निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिनको आयोग बनाउनुपर्ने बताए।

उनले भने, ‘हामीले समितिबाट उच्चस्तरीय छानबिन समितिको माग गरौँ। सरकार सम्बोधन गर्ने ठाउँमा मिडियाबाट वादप्रतिवादमा उत्रिएको छ, सरकार जवाफदेही बन्ने हो, वादप्रतिवादमा उत्रिने सरकारको काकम होइन। सुन तस्करी बिरहेको छ, त्यसमा सत्तारुढ भित्रकै प्रधानमन्त्रीको दलकै उच्च तहको नेतृत्वको नाम आएको छ, उहाँको परिवारको नाम आएको छ।’

उनले छानबिन गर्नुपर्नेहरुको एजेन्सीबाट निष्पक्ष छानबिन हुन नसक्ने बताए।

उनले भने, ‘सामान्यतया एयरपोर्ट जस्तो सेन्सेटिभ ठाउँमा के भनिन्छ भने त्यो देश कस्तो छ भन्नेकुरा एयरपोर्टबाट थाहा हुन्छ, एयरपोर्ट भनेको मुलुकको ऐना हो। नियमित छानबिनको प्रक्रियाबाट यो टुंगिँदैन। जसमाथि छानबिन गर्नुपर्ने छ, त्यसैको एजेन्सी बसेर छानबिन गर्ने? त्यसैले छानबिन गरेर निस्कर्ष निकाल्छ भन्ने कुरा हुँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad