आज (सोमबार) प्रतिनिधिसभाको बैठक बस्दै छ। संसद् सचिवालयका अनुसार बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे सुरु हुनेछ।
आजको प्रतिनिधिसभा बैठकका लागि सम्भावित कार्यसूची तयार भइसकेको छ।
जसअनुसार नेकपा एमालेबाट निर्वाचित सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी आज सभामुखले संसद्लाई गराउने छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल जेल जीवन बिताइरहेका रायमाझीलाई नेकपा एमालेले यसअघि नै सचिव पदबाट निलम्बन गरिसकेको छ।
अन्य सम्भावित कार्यसूचीमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रको बेहोरो पढेर सुनाइनेछ भने बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थपसम्बन्धी प्रस्ताव पेस गरिनेछ।
यसैगरी राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पनि आज पेस गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ।
हेर्नुहोस् सम्भावति कार्यसूची-
Shares
प्रतिक्रिया