ad ad

राजनीति


बालुवाटारमा ओली र देउवासँग प्रधानमन्त्रीले गरे छलफल

यी विषयमा भए कुराकानी
बालुवाटारमा ओली र देउवासँग प्रधानमन्त्रीले गरे छलफल

फाइल तस्बिर


नेपालखबर
साउन १४, २०८० आइतबार १५:५७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश नियुक्ति, संसद् सञ्चालन र कोशी सरकार गठनको बारेमा गठबन्धनसहित प्रमुख प्रतिपक्षी दलका नेतासँग छलफल गरेका छन्। 

आइतबार बिहान बालुवाटारमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहका गोविन्द आचार्यले जानकारी दिए। 

साउन २० गतेबाट प्रधानन्यायाधीशको पद रिक्त हुँदैछ। प्रधानमन्त्रीले यसबारेमा गठबन्धन र प्रमुख प्रतिपक्षीसहितका नेताहरूसँग छलफल गरेको आचार्यले बताए। 

यसैगरी, संसद् सञ्चालनका विषयमा पनि प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षी दलसँग सहयोग गरेर अघि बढ्न अनुरोध गरेका छन्। यसअघि गत साउन १० मा बसेको प्रतिनिधिसभा बैठकमा सुन तस्करी प्रकरणको छानबिनमा उच्चस्तरीय समिति बनाउनुपर्ने माग गरेपछि संसद पाँच दिनका लागि स्थगित गरिएको थियो। 

‘प्रधानन्यायाधीश नियुक्ति, संसद् सञ्चालन गरेर रोकिएका विधेयकलाई अगाडि बढाउन र कोशी सरकार गठनका विषयमा प्रधानमन्त्रीले चासो राखेर छलफल अघि बढाउनुभएको हो,’ आचार्यले नेपालखबरसँग भने, ‘छलफल सकारात्मक छ।’

प्रतिनिधिसभाको बैठक भोलि (सोमबार) का लागि बोलाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .