ad ad

राजनीति


एकीकृत समाजवादीको केन्द्रीय, पोलिटब्यूरो र स्थायी कमिटी बैठक स्थगित

एकीकृत समाजवादीको केन्द्रीय, पोलिटब्यूरो र स्थायी कमिटी बैठक स्थगित

नेपालखबर
साउन १३, २०८० शनिबार २१:२६, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) ले यही साउन १६ गतेदेखि २१ गतेसम्म गर्ने भनेको पार्टीको केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी कमिटी बैठक स्थगित भएको जनाएको छ।

उक्त बैठकका लागि केही आवश्यक तयारी नपुगेकाले अनिश्चितकालका लागि ती बैठक स्थगित गरिएको सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

उनका अनुसार बैठकको अर्को मिति केन्द्रीय सचिवालयको बैठकले तय गर्ने छ। यही साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्यूरो तथा २० र २१ गते केन्द्रीय कमिटी बैठक बस्ने तय गरिएको थियो।

समाजवादी विद्यार्थी मोर्चाको गठन र घोषणा भोलि
समाजवादी विद्यार्थी मोर्चाको गठन र घोषणा भोलि आइतबार दिउँसो १२ः०० बजे हुने भएको छ। च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा विद्यार्थी मोर्चाको घोषणा हुने कार्यक्रम तय भएको जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिए।

उनका अनुसार उक्त घोषणा कार्यक्रमलाई प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेताहरूले सम्बोधन गर्ने भएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .