झापाको केचनामा अति भारी वर्षा भएकाले त्यस आसपास क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सुझाव दिएको छ।
विभागले आज बिहान पौने ५ बजे सूचना जारी गरी भनेको छ : झापाको केचना वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा अति भारी वर्षा भएको छ। सो क्षेत्र भई बहने ससाना खोलामा बाढीको जोखिम, तटीय डुबान भइरहने होचा भूभागमा उच्च सतर्कता अपनाऔँ।’
हेर्नुहोस् सूचना-
साउन १४, बिहान ४:४५ बजे#झापाको #केचना वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा अति भारी वर्षा भएको छ। सो क्षेत्र भई बहने स-साना खोलामा बाढीको जोखिम; तटीय डुबान भइरहने होचा भूभागमा उच्च सतर्कता अपनाऔँ। pic.twitter.com/a4OCrY3l6l
मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ। अनि २ सय मिलिमिटरदेखि माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ।
Shares

प्रतिक्रिया