ad ad

राजनीति


परराष्ट्रमन्त्री साउदको निर्वाचन खर्च २१ लाख ५९ हजार

आयोगले तोकेको थियो १५ हजार जरिवाना
परराष्ट्रमन्त्री साउदको निर्वाचन खर्च २१ लाख ५९ हजार

फाइल तस्बिर


नेपालखबर
साउन १२, २०८० शुक्रबार १३:३०, काठमाडौँ

निर्वाचन आयोगले जरिवाना तिराउने निर्णय गरेपछि परराष्ट्रमन्त्री एनपी साउदले फेरि आफ्नो निर्वाचन खर्च सार्वजनिक गरेका छन्।

२०७९ सालको निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर २ बाट विजयी उनले जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरमा यसअघि नै बुझाइएको चुनावी खर्चको विवरण फेरि सार्वजनिक गरेका छन्।

निर्वाचन खर्च सार्वजनिक नगरेको भन्दै आयोगले केही दिनअघि उनीसहित २४ सय ३५ उम्मेदवारहरुलाई जनही १५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो। 

‘मैले निर्वाचन आयोगमा २०७९ पुस २५ गते आफ्नो खर्च विवरण बुझाइसकेको थिएँ। बुझाएको विवरण सार्वजनिक गरेर आयोगलाई समेत त्यससम्बन्धी जानकारी गराउनु पर्ने रहेछ’, उनले भनेका छन्, ‘यसअघि निर्वाचन कार्यालय कञ्चनपुरमा बुझाइसकेको खर्च विवरण सामाजिक सञ्जाल, कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने कृष्णपुर नगरपालिका कार्यालयको सूचना पाटी, जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरको सूचना पाटीमार्फत पुनः सार्वजनिक गरेको छु।’

सार्वजनिक गरिएको खर्च विवरणअनुसार उनले २१ लाख ५९ हजार ४२१ रुपैयाँ खर्च गरेका छन्। जसमा सबैभन्दा धेरै ६ लाख ७८ हजार २८ रुपैयाँ उनले इन्धनका लागि खर्च भएको जनाएका छन्। 

सबैभन्दा कम उम्मेदवारी दर्तामा १० हजार रुपैयाँ खर्च भएको साउदले जनाएका छन्। नमुना मतपत्र र आफ्नो घोषणा पत्र छपाइमा ५ लाख १७ हजार ५ सय खर्च भएको उनले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .