ad ad

राजनीति


कांग्रेसको विकल्प कांग्रेस नै हो, अरु हुन सक्दैनन् : शशांक

कांग्रेसको विकल्प कांग्रेस नै हो, अरु हुन सक्दैनन् : शशांक

नेपालखबर
साउन ९, २०८० मंगलबार १४:४९, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेसको विकल्प अरु हुन नसक्ने बताएका छन्।

मंगलवार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले कांग्रेस एक भएको खण्डमा देशमा ठूलो परिवर्तन आउने भन्दै अहिलेको आवश्यकता एकतावद्ध कांग्रेस हुनु रहेको बताए।

उनले आफूले आयोजना गरेको चियापान समारोह कांग्रेसबीचको भाइचारा सम्बन्ध स्थापित गराउने माध्यम भएको पनि बताए।

उनले भने, ‘भाइचाराको सम्बन्ध स्थापित गर्न चियापान आयोजना गरेको हो। आउँदो दिनमा कता जाने हो? त्यो तय गर्नुपर्छ। नेपाली कांग्रेसको विकल्प अरु छैनन् नेपाली कांग्रेस नै हो। भविष्य नेपाली कांग्रेससँग छ। हामी एक भयौँ भने नेपाली कांग्रेसलाई कसैले हराउन सक्दैन। त्यसैले एक भएर जाऔँ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .