ad ad

राजनीति


देशको राजनीतिक अवस्था खराब छ : विजयकुमार गच्छदार

देशको राजनीतिक अवस्था खराब छ : विजयकुमार गच्छदार

फाइल फोटो


नेपालखबर
साउन ९, २०८० मंगलबार १३:१२, काठमाडौँ

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले नेपालको राजनीति अनिश्चितताको भूमरिमा फसेको बताएका छन्।

मंगलवार काठमाडौंमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालको राजनीति अन्योलपूर्ण, तरलता, अस्थिरता र अनिश्चिततामा फसेको बताए।

उनले नेपाली कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुनेपनि बताए।

उनले भने, ‘नेपालको राजनीति अन्योलपूर्ण भएको छ, अनिश्चितताको भूमरिमा फसेको छ। नेपालको राजनीति तरल अवस्थामा छ, अस्थिरताको दलदलमा परेको छ। नेपाली कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुन्छ।’

उनले पार्टी सभापति विमानको पाइलट भए अन्य पदाधिकारी सहायक पाइलट रहेको भन्दै सबै मिलेर काम गर्नुपर्ने अवस्था आएको बताए।

नेता गच्छदारले देशको राजनीतिक अवस्था खराब रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .