ad ad

राजनीति


‘कांग्रेसमा सभापति भर्सेस महामन्त्री भन्ने छैन’

‘कांग्रेसमा सभापति भर्सेस महामन्त्री भन्ने छैन’

फाइल फोटो


नेपालखबर
साउन ९, २०८० मंगलबार १३:१४, काठमाडौँ

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले नेपाली कांग्रेसमा पार्टीमा सभापति भर्सेस महामन्त्री भन्ने कुरा नरहेको बताएका छन्।

मंगलवार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।

नेता निधीले कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी नेपालमा दोस्रो नरहेको दाबी गरेका छन्।

उनले भने, ‘पार्टी सभापति भर्सेस पार्टी महामन्त्री भन्नेकुरा छैन, भर्सेस केही पनि छैन। पहिला पनि थिएन, अहिले पनि छैन, नेपाली कांग्रेस डेमोक्रेसीमा विश्वास गर्ने पार्टी हो, मनमा लागेको कुरा सबैले भन्छन्।’

उनले देशमा कम्युनिष्ट, क्षेत्रीयवादी, लोकप्रियतावादी पार्टी धेरै भएपनि लोकतन्त्र गणतन्त्रमा विश्वास गरेर काम गर्ने पार्टी काग्रेस मात्रै रहेको जिकिर गरे।
उनले भने, ‘उनले भने, ‘पार्टी सभापति भर्सेस पार्टी महामन्त्री भन्नेकुरा छैन, भर्सेस केही पनि छैन। पहिला पनि थिएन, अहिले पनि छैन, नेपाली कांग्रेस डेमोक्रेसीमा विश्वास गर्ने पार्टी हो, मनमा लागेको कुरा सबैले भन्छन्।’

उनले नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले पार्टीका गतिविधि पनि लोकतन्त्रमै विश्वास गरेर अघि बढाइएको बताए। उनले कांग्रेस संविधानको सफल कार्यान्वयन र जनता र देशको हीतमा काम गर्नु नै कांग्रेसको अबको लक्ष्य रहेको बताए।

नेता निधीले एकतावद्ध भएर जनताको लोकतन्त्रको पक्षमा काम गर्नेकुरामा कांग्रेस केन्द्रीय समिति बैठकमा छलफल भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .