ad ad

राजनीति


रास्वपाका जिल्ला संयोजकले पत्रकारलाई अपहरण गरी बन्दी बनाई कुटे

रास्वपाका जिल्ला संयोजकले पत्रकारलाई अपहरण गरी बन्दी बनाई कुटे

नेपालखबर
साउन ९, २०८० मंगलबार ११:४, काठमाडौँ

बझाङमा होटल व्यवसाय पनि सञ्चालन गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जिल्ला संयोजक नगेन्द्र खड्काले पत्रकारलाई अपहरण गरी बन्दी बनाई कुटपिट गरेका छन्।

सामुदायिक खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत सुनिल मण्डेललाई घरबाटै सोमबार खड्काले अपहरण गरेका थिए। खड्का होटल होलि डे इनका सञ्चालक समेत हुन्। खड्काको निर्देशनमा मण्डेललाई अपहरण गरी आक्रमण गरेको भन्दै नेपाल पत्रकार महासंघ बझाङ शाखाले कारवाहीको मागसहित विज्ञप्ति जारी गरेको छ।

मंगलबार शाखाका अध्यक्ष शैलेन्द्र रोकायाले विज्ञप्ति जारी गर्दै  प्रेस विरोधी कार्यको भर्त्सना गरेका छन्। 

'स्वतन्त्र सञ्चारकर्ममा जुटेका पत्रकार मण्डेलमाथि भएको कुटपिटको घटना प्रेस स्वतन्त्रता विरोधी काम भएको महासंघको ठहर छ,' विज्ञप्तिमा भनिएको छ, 'अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नुको साटो पत्रकारलाई अमानवीय व्यवहार गरेको घटनाको यथासीघ्र छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सम्वन्धित निकायको ध्यानाकर्षण गराउँछौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .