छापा खबर


भकभकी उम्लेको दूध जिउमा खन्याएर पूजा

भकभकी उम्लेको दूध जिउमा खन्याएर पूजा

नेपालखबर
माघ ५, २०७६ आइतबार ४:४,

१२ वर्षीय राजा माझी र १४ वर्षीय शिवनन्दन माझी चुलोमाथि माटोको तौलामा उम्लिरहेको दूध अम्खोराले निकाल्दै शरीरमा खन्याइरहेका थिए।

उनीहरू तातो दूधले यसरी नुहाइरहेका थिए कि जस्तो कि सामान्य पानी होस्। न त्यसले उनीहरू पोलेको आभास दिलाउँथे न त कुनै पीडाको अनुभूति।

आश्चर्यजनक पार्ने यो दृश्य थियो, सर्लाहीको ईश्वरपुर नगरपालिका-१५ सोकनाहा बोहर्वामा मनाइएको भुइँया महाराजको पूजाको। त्यस अवसरमा तातो दूधले नुहाउने यस विधिलाई ठेट भाषामा ‘अपटौनी’ भन्ने गरिन्छ।यो खबर आजको अन्नपूर्ण पोस्टमा मनिका झाले लेखेकी छन्।

bhuiya puja hot milk 20200119013207

मुसहरका पुस्ताले रीतिरिवाजअनुसार माघ १ गते भुइँया महाराजलाई अपटौनी दिने गरेको धामी रामपुकार माझी बताउँछन्। ‘यो सब भुइँया महाराजको प्रताप हो’, उनी भन्छन्, ‘दैवी शक्तिको आर्शीवादले नै तातो दूधमा नुहाउँदा पनि शरीरलाई कुनै प्रकारको कष्ट हुँदैन।’

भुइँया शब्दले जमिन, माटो वा पृथ्वीलाई जनाउँछ। भुइँया पूजालाई प्रकृति पूजाका रूपमा लिने गरिएको उक्त समुदायको उत्थानमा काम गर्दै आएका राजकुमार महतो बताउँछन्।

‘छैटौं शताब्दीमा सप्तरी जिल्लामा जन्मिनुभएका दीना-भद्रीको पूजाका रूपमा यो भुइँया पूजा मनाउने गरिन्छ’, उनी भन्छन्। दीना—भद्रीलाई मुसहर समुदायको कुल देवता मानिन्छ। अन्याय, अत्याचार र शोषणविरुद्ध महावीर योद्धाका रूपमा दीना-भद्रीलाई लिने गरिएको छ।

विभिन्न संघसंस्थाको अगुवाइमा प्रथम अन्तर्राष्ट्रिय भुइँया दिवस मनाइएको छ। माघ १ देखि ३ गतेसम्म मनाइएको दिवसको अवसरमा पूजासहित मुसहर समुदायको विशेषता झल्काउने कार्यक्रम गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad