ad ad

राजनीति


उपेन्द्र भन्छन्- चुनावमा हुने खर्च पनि भ्रष्टाचार हो, निर्वाचन प्रणाली सुधारौं

उपेन्द्र भन्छन्- चुनावमा हुने खर्च पनि भ्रष्टाचार हो, निर्वाचन प्रणाली सुधारौं

नेपालखबर
साउन ८, २०८० सोमबार १६:२९, काठमाडौँ

सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने आवश्यक्ता औंल्याएका छन्।

महंगो निर्वाचन प्रणालीले मुलुकमा राजनीतिक भ्रष्टाचारलाई प्रोत्साहन गरेकाले त्यसको सुधार तत्काल गर्नुपर्ने उनको भनाइ थियो। 

सोमबार काठमाडौंमा आयोजित ‘समाजवादी यात्राको चुनौतिः भ्रष्टाचार र दण्डहिनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै उनले राजनीतिक तहमै हुने संस्थागत भ्रष्टाचारनै मुलुकमा समाजवादी व्यवस्था ल्याउनका लागि मुख्य बाधक रहेको समेत बताए। 

‘नेपाल जस्तो अल्पविकसित देशमा विकसित पूँजीवादी देशहरूभन्दा महंगो निर्वाचन प्रणाली हुनु राजनीतिक भ्रष्टाचारलाई प्रोत्साहन नै गरेको छ। सुधार्नु यहाँ जरुरी छ। राजनीतिक दलहरू चुनाव लड्दाखेरी वा चुनावमा हुने खर्च त्यो पनि त भ्रष्टाचार नै हो नि त। होइन र?,’ यादवले भने।

अध्यक्ष यादवले नेपालजस्तो अल्पविकसित मुलुकमा पनि विकसित देशहरुको भन्दा महंगो निर्वाचन प्रणाली हुनु दुखद कुरा भएको बताए। 

‘यो निर्वाचन प्रणालीलाई बदलौं। अहिलेको निर्वाचन प्रणाली अत्यन्तै महंगो र खर्चिलो भयो। त्यसकारणले निर्वाचन प्रणाली र हाम्रो जस्तो अल्प विकसित मुलुकमा परिश्रम गर्दाखेरी उसले प्राप्त गर्ने जो ज्याला, मजदुरी वा तलब छ,’ उनले भने, ‘त्यसले ऊ आफूलाई धान्न सक्दैन। के गरोस् त? त्यहाँ पनि छ। भ्रष्टाचार संस्थागत हुँदै गएको छ। माथिदेखि तलसम्म, तलदेखि माथिसम्म भ्रष्टाचार संस्थागत भएको छ। समाजवादका लागि एउटा यो ठूलो बाधा रहेको छ।’

अध्यक्ष यादवले नेपालमा समाजवाद ल्याउने सपना देखेका कम्युनिष्ट पार्टीका नेताहरु नै नवधनाढ्य वर्गमा परिणत भएको दाबी समेत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .