नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउने कुरामा हरेस खानु नहुने बताएका छन्।
आइतबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
‘कमरेड वामदेव गौतमले कम्युनिस्ट पार्टी शक्तिलाई मिलाउँ भनेर जोड दिनुभयो। सबै कम्यनिस्ट पार्टीहरू आफ्ना आफ्ना पसल थापेर बसेका छन्, आफ्ना आफ्नै पाराले चलिरहेका छन्,,’ अध्यक्ष नेपालले भने, ‘त्यसका बाबजुत पनि हामीले हरेक खानु हुँदैन। उहाँको संकल्प, उहाँको भावना अत्यन्त राम्रो छ। यस अर्थमा जो जो जति मिल्न सक्छन् मिल्दै जाने हो।’
उनले कम्यनिस्ट पार्टीहरू आफ्ना–आफ्ना पसल थापेर बसेको भन्दै सबैलाई एक ठाउँमा ल्याउन जरुरी रहेको बताए।
मिल्नसक्ने, सहकार्य गर्नसक्नेहरुबीच सहकार्य र एकता गरेर अघि बढ्ने उनले बताए। कम्युनिस्टहरूलाई जति मिलाउन सक्यो त्यत्ति धेरै शक्ति आर्जन गर्न सकिने उनको भनाइ थियो
अध्यक्ष नेपालले कम्युनिस्टहरू जति धेरै विभाजित हुन्छन् त्यत्ति धेरै नोक्सान हुने पनि बताए।
‘सहकार्य गर्दै जान सक्छन्, सहकार्य गर्दै जाने हो, यस अर्थमा हामीले हरेस खान जरुरी छैन, मेहनत गरेर प्रयत्न गर्नुपर्छ। जति शक्तिलाई मिलाउन सकियो, त्यत्ति हामी बढी शक्ति आर्जन गर्नसक्छौँ,’ उनले भने, ‘त्यत्ति धेरै उर्जा पैदा गर्नसक्छ। जति हामी विभाजित बन्छौँ त्यत्ति धरै नोक्सान हुन्छ, कम्युनिस्ण्ट आन्दोलनको एकता, एकतावद्ध बनाउनको निम्ति हाम्रो तर्फबाट प्रयत्न हुनेछ।’
Shares

प्रतिक्रिया