राष्ट्रियस्तरका विकास बैंकको क्यापिटल एडुकेशी रेसियोमा दबाब पर्ने भएको छ।
आइतबार राष्ट्र बैंकले २०८०/०८१ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्रियस्तरका विकास बैंकलाई क्यापिटल एडुकेशी फ्रेमवर्क, २०१५ अनुसार कायम गर्नुपर्ने व्यवस्था गरेको छ।
सोही व्यवस्थाले गर्दा अब राष्ट्रिय स्तरका विकास बैंकको पुँजी कोषको सीमा बढ्ने भएको छ।
यसअघि विकास बैंकहरुले क्यापिटल एडुकेशी फ्रेमवर्क, २००७ अनुसार क्यापिटल एडुकेशी रेसियो कायम गरिरहेका थिए।
नेपाल राष्ट्र बैंकले सबै प्रकारका पुँजी र विश्लेषणको आधारमा प्राथमिक पुँजीको गणना गर्दै आएको छ। पुँजी कोषलाई राष्ट्र बैंकले (सीसीएआर) र पूरक पुँजीलाई (सीएआर)लाई गणना गर्ने व्यवस्था छ।
पुँजी कोषलाई राष्ट्र बैंकले प्राथमिक पुँजी (सीसीएआर) र पूरक पुँजी (सीएआर) लाई गणना गर्ने व्यवस्था छ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरूले ६ प्रतिशत प्राथमिक पुँजी र ४ प्रतिशत पूरक पुँजी (क्यापिटल कन्जरभेसन बफर) गरी १० प्रतिशत पुँजीकोष अनुपात कायम गर्नुपर्ने व्यवस्था गरेको छ, जसअन्तर्गत प्राथमिक पुँजी अनिवार्य व्यवस्था हो।
सोही व्यवस्थाअनुसार सीसीएआर र सीएआर गरी १० प्रतिशत नपुगे नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउँदै आएको थियो।
अब भने राष्ट्रिय स्तरका वाणिज्य बैंकले क्यापिटल एडुकेशी फ्रेमवर्क, २०१५ अनुसार पुँजी कोष कायम गर्दा प्राथमिक पुँजी कोष ८.५० प्रतिशत र पुरक पुँजी २.५० प्रतिशत कायम गर्नुपर्ने भएको छ।
Shares

प्रतिक्रिया