नेकपा एकीकृत समाजवादीका तनहुँ जिल्ला अध्यक्ष श्रीराम कार्कीसहितका नेताहरू नेकपा एमाले प्रवेशको तयारी गरेका छन्। शुक्रबार (५ असार) दिउँसो १ बजे आयोजित पार्टी प्रवेश कार्यक्रममार्फत उनीहरू एमाले प्रवेशको तयारी गरेका हुन्।
नेकपा एमाले जिल्ला कमिटी तनहुँले शुक्रबार दिउँसोका लागि पार्टी प्रवेश कार्यक्रम राखेको छ। उनीहरूलाई पार्टीका उपमहासचिव समेत रहेका गण्डकीका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ।
एमाले फर्कने तयारीमा रहेका नेताहरूलाई उपमहासचिव गुरुङले बिहीबार दमौलीमा भेट गरेका छन्।
त्यसअघि अध्यक्ष कार्कीसँग गुरुङले घरमै पुगेर भेटेको तस्बिर सार्वजनिक भएको छ। उक्त तस्बिर कार्की आफैंले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।
132
Shares

प्रतिक्रिया