ad ad

राजनीति


कांग्रेस बैठकमा कोशीको विवाद छताछुल्ल, बुढाथोकीमाथि खनिए मुख्यमन्त्री थापा

झापामा कांग्रेसलाई हराउन सक्रिय भएको आरोप
कांग्रेस बैठकमा कोशीको विवाद छताछुल्ल, बुढाथोकीमाथि खनिए मुख्यमन्त्री थापा

फाइल तस्बिर


नेपालखबर
साउन ४, २०८० बिहिबार १२:२७, काठमाडौँ

नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा कोशी प्रदेश सरकारलाई लिएर आरोप प्रत्यारोप भएको छ।

केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले नेपाली कांग्रेस नेतृत्वकै कोशी प्रदेश सरकारको आलोचना गरेपछि मुख्यमन्त्री उद्धव थापा उनीविरुद्ध खनिएका हुन्। 

बुढाथोकीले बुधबारको बैठकमा बोल्ने क्रममा कोशीमा कांग्रेस नेतृत्वको सरकारको हैसियतमाथि कानुनी प्रश्नसमेत उठाएपछि बिहीबार बोल्ने क्रममा मुख्यमन्त्री थापाले आक्रोश पोखेका हुन्। 

बुढाथोकीलाई जवाफ दिने क्रममा सर्वोच्च अदालतको आदेशबाट कामचलाउमा परिणत भइसकेको कोशी सरकारका मुख्यमन्त्री थापाले कार्यकर्तामा उत्सा जगाएको अवस्थामा नेताहरुले निराशा पैदा गर्न नहुने बताए। 

‘कोशीमा कांग्रेसको सरकार बन्दा उत्साह आएको छ। गाउँ गाउँका कार्यकर्तामा उत्साहको लहर देखिएको छ’, उनले भने, ‘तर हाम्रै नेता केशव बुढाथोकीले हिजो कोशीको सरकारविरुद्ध बोलेको सुनेँ। म अदालतमा जवाफ दिन गएको थिएँ तर यता हाम्रै नेताबाट आलोचना गर्ने काम भएछ।’

सम्बन्धित समाचार

बैठकमा बोल्ने क्रममा थापाले बुढाथोकीले गत मंसिरको चुनावमा पार्टीलाई नसघाई भागेर अस्ट्रेलिया गएको आरोप पनि लगाए। 

‘बुढाथोकीजी चुनावको मुखमा भागेर अस्ट्रेलिया गए। झापा २ का हाम्रा उम्मेदवार हराउन लागे’, उनले भने, ‘गठबन्धनका उम्मेदवारलाई भोट नदेऊ भनेर म्यासेज र फोन गरे। झापा २ का हाम्रा उम्मेदवार देउमान थेबेलाई भोट नदेऊ भनेका छन्। हामीसँग प्रमाण छन्।’

उनले बुढाथोकीमा अवसर पाउँदा आउने र हप्काउने चरित्र देखिएको पनि बताए। ‘यस्ता नेता कार्यकर्तालाई कारबाही हुनुपर्छ। उहाँ (बुढाथोकीले) गठबन्धनलाई हराउन फोन गर्नु भएको छ। पार्टीका कार्यकर्तालाई भोट नहाल भन्नु भएको प्रमाण छ।’ 

थापाले आफूलाई मुख्यमन्त्री नमान्न पनि बुढाथोकीलाई चुनौती दिए। ‘तपाईंले हिक्मत कार्की (एमाले स्थायी कमिटी सदस्य)लाई मुख्यमन्त्री माने हुन्छ’, उनले भने, ‘तर उद्धव थापालाई मुख्यमन्त्री नमाने हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .