राजनीति


संविधान संशोधनको लागि संघर्षको आवश्यक्ता : उपेन्द्र यादव

संविधान संशोधनको लागि संघर्षको आवश्यक्ता : उपेन्द्र यादव

शैलेन्द्र महताे
माघ ३, २०७६ शुक्रबार १४:३८,

 समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभएसम्म मधेशी, आदिवासी, जानजाति, दलित, मुश्लिम र महिलाले स्वतन्त्रताको अनुभूति गर्न नसक्ने बताएका छन्। शुक्रबार जनकपुरमा तीन महिने संगठन विस्तार तथा सुदृढिकरण अभियानको जनकपुरमा उदघाटन गर्दै अध्यक्ष यादवले संविधान सांशोधनको लागि संघर्षको आवश्यक्ता रहेको बताए।

संघर्षकै लागि पार्टी संगठन विस्तार तथा सुदृढिकरणमा जुटेको अध्यक्ष यादवको भनाई छ। अबको तीन महिना पार्टीलाई दिन नेता कार्यकर्ताहरुलाई निर्देशन दिँदै अध्यक्ष यादवले अभियानमा नजुटने नेता कार्यकर्ताहरुको पार्टीले त्यही अनुसार मुल्यांकन गर्ने भन्दै सचेत समेत गराए।

अर्को प्रसंगमा यादवले नाम मात्रको संघीयताले परतन्त्रताको अन्त नहुने दावी गरे। ‘मधेश जनविद्रोले उठान गरेको संघीयताको मर्ममाथि कुठाराघात गर्दै शासक वर्गले आफनो वर्चस्व कायम राख्ने गरि ल्याएको संघीयताले शोषित पीडित वर्गको उत्थान हुँदैन’ अध्यक्ष यादवले भने मधेश आन्दोलनले अधिकार सम्पन्न संघीयता, पहिचानमा आधारित राज्य र साधन स्रोत सम्पन्न प्रदेश मांगेको थियो। तर, अहिलेको संघीयताले ती मुद्दाहरुलाई सम्बोधन गर्न सकेको छैन।’

कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष रेणु यादव, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले आफ्ना मन्तव्य राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad