नेकपा एमाले छाडेर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी प्रवेश गरेका डा. रमेश ढकाल दुई वर्षमै राष्ट्रिय स्वतन्त्र पार्टीतिर लाग्ने भएका छन्।
समाजवादीमा दुई वर्ष बसेपछि उनी उक्त पार्टी त्यागेर रवि लामिछाने नेतृत्वको रास्वपामा प्रवेश गरेका हुन्।
डा. ढकाल राष्ट्रिय चिकित्सक संघका संस्थापक महासचिव पनि हुन्। उनले आफू तीन महिनाअघि नै रास्वपाको सदस्य भइसकेको बताएका छन्।
ढकालले अब कम्युनिष्ट पार्टी आवद्ध नरहेको बताउँदै नयाँ वैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपा रोजेको जानकारी दिए।
एकीकृत समाजवादीमा हुँदा ढकालले तत्कालीन स्वास्थ्यमन्त्रीद्वय विरोध खतिवडा र भवानीप्रसाद खापुङको स्वास्थ्य विज्ञ सल्लाहकारको रुपमा काम गरिसकेका थिए।
त्यसैगरी डा. पुष्पमणि खराल पनि एमाले परित्याग गरेर रास्वपा जाने तयारीमा लागेका छन्।
Shares
प्रतिक्रिया