ad ad

राजनीति


जनमत पार्टीको केन्द्रीय समिति विस्तार

जनमत पार्टीको केन्द्रीय समिति विस्तार

नेपालखबर
असार २९, २०८० शुक्रबार १९:१९, काठमाडौँ

डा. सिके राउतले नेतृत्व गरेको जनमत पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ। सो पार्टीको सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गरेको हो।

बैठकले १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४ सदस्यीय राजनीतिक समिति र दुई सय १६ जनाको केन्द्रीय समिति बनाउने निर्णय गरेको पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले जानकारी दिए। उनका अनुसार केन्द्रीय समितिमा अधिकांश नयाँ सदस्य रहेका छन्।

यसअघि केन्द्रीय समितिमा रहेका केहीलाई भने सचिवालयमा ल्याइएको छ। पार्टीको विधानअनुसार तीन सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउनुपर्नेमा तत्काल दुई सय १६ सदस्यीय केन्द्रीय समिति बनाइएको सो पार्टीले जनाएको छ। यसैगरी डा. शरद्सिंह यादवलाई प्रवक्ताको जिम्मेवारी दिइएको जनाइएको छ। रासस

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .