ad ad

राजनीति


अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटे कांग्रेस सभापति देउवालाई

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटे कांग्रेस सभापति देउवालाई

देउवासँग भेटवार्ता गर्दै अमेरिकी मन्त्री लु


नेपालखबर
असार २९, २०८० शुक्रबार १६:४९, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ।

नेपाल भ्रमणमा रहेका सहायक विदेशमन्त्री लु देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका हुन्।  भेटमा एमसीसी परियोजना कार्यान्वयनबारे उनले चासो राखेका छन्।

‘दुई देशको सम्बन्ध, विकास निर्माण, एमसीसी परियोजना कार्यान्वयन बारेमा कुरा भयो,’ देउवाका स्वकिय सचिव भानु देउवाले नेपालखबरसँग भने, ‘क्लाइमेट चेन्जले पारेको असरबारे अमेरिकाले नेपाललाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो।’

अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री लु १ दिने नेपाल भ्रमणका क्रममा शुक्रबार काठमाडौं उत्रिएका थिए। 

उनले शुक्रबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ।

भ्रमणका क्रममा उनले अमेरिकी दूतावासका कर्मचारीहरूलाई पनि भेट्ने बताइएको छ।

लुले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्ने कार्यक्रम छ। 

उनले नेपालीलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा सीप प्रदान गर्न गरेका प्रयासबारे पनि बुझ्ने छन्।

उनले गत वर्ष पनि नेपालको भ्रमण गरेका थिए। गत वर्ष संसद्‍बाट पास भएको एमसीसी परियोजना कार्यान्वयनको समय नजिकिँदै गर्दा अमेरिकाले उच्चस्तरीय भ्रमण फेरि थालेको हो। 

सम्बन्धित समाचार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .