ad ad

कला


‘देव वाणी’ नेपाली र हिन्दी दुवै भाषामा, भारतको राजस्थानमा गीत छायांकन

‘देव वाणी’ नेपाली र हिन्दी दुवै भाषामा, भारतको राजस्थानमा गीत छायांकन

नेपालखबर
असार २९, २०८० शुक्रबार १६:५३, काठमाडौँ

बाबु साहेब बलामीको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘देव वाणी’को एक गीतको छायांकन भारतको राजस्थानमा गरिएको छ। प्रताप दास र सुनिता कार्कीको स्वर तथा मनोहर सुनामको संगीत रहेको गीतको छायांकन राजस्थानमा गरिएको हो।

सिनेमाको निर्माण टिम केही दिनअघि भारतको राजस्थानमा ४ दिन लगाएर एक गीतको छायांकन गरेर नेपाल फर्किएको छ। अब सिनेमाको एक गीत र केही सिन मात्र खिच्न बाँकी रहेको जानकारी निर्माण टिमले दिएको छ। राजस्थानमा खिचिएको गीतमा सिनेमाका मुख्य कलाकार कुन्दन भारद्धाज र अनुपा लेप्चा फिचर्ड छन्।

सिनेमामा कुन्दन र अनुजाका अलवा सुनिल थापा, ध्रुव कोइराला, रविन्द्र झा, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, मौसम पौडेल, लक्ष्मीनाथ तिमल्सिना लगायतको अभिनय रहनेछ। सिमरा, वीरगन्ज, र काठमाडौंमा सिनेमाको छायांकन गरिएको हो।
 

निर्देशक बलामीले सिनेमा नेपाली र हिन्दी भाषामा निर्माण भैरहेको जानकारी दिए। सिनेमालाई भारतका हलमा प्रदर्शन गर्ने योजना निर्माण टिमको छ। मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको सिनेमाको कथा निराजन मेहता मन्जिलले तयार पारेका हुन्।

हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने सिनेमाको प्रस्तुतकर्तामा मौसम पौडेल छन्। मिना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता महेन्द्र यादव हुन्। सिनेमामा तेञ्जु योञ्जनको कोरियोग्राफी र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .