राजनीति


आगामी आर्थिक वर्षमा ९ सय मेगावाट विद्युत् उत्पादनको लक्ष्य छ : ऊर्जामन्त्री बस्नेत

आगामी आर्थिक वर्षमा ९ सय मेगावाट विद्युत् उत्पादनको लक्ष्य छ : ऊर्जामन्त्री बस्नेत

फाइल तस्बिर


नेपालखबर
असार २८, २०८० बिहिबार १४:५१, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा थप ९०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको बताएका छन्।

बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री बस्नेतले अगामी आर्थिक वर्ष २०८०÷८१ मा थप ९०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको बताए। 

उनले आगामी दश वर्षभित्रमा भने २० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको पनि बताए। सोही अनुरुपको ऊर्जा विकास दशकको मार्गचित्र र कार्ययोजनाका साथ मन्त्रालयले काम गरिरहेको उनले बताइन्।

‘हाल करिब २७ सय मेगावाट करिब हामीसँग उत्पादनको क्षमता रहेको छ। आगामी वर्ष थप ९०० पुर्‍याउने राखेका छौँ भने आगामी दश वर्षभित्र निकै महत्वकांक्षी योजनाको फाउन्डेशन तयार गर्न गइराखेका छौँ,’ उनले भने, ‘२० हजार बढी मेगावाट विद्युत् उत्पादन गर्ने हाम्रो लक्ष्य राखेका छौँ। र त्यो अनुसार ऊर्जा विकास दशकको मार्गचित्र र कार्ययोजनाका साथ काम गरिराखेका छौँ।’

मन्त्री बस्नेतले विद्युत्को आन्तरिक खपत क्षमता बढाउने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .