राजनीति


श्रीमती सीताको निधनपछि प्रधानमन्त्री प्रचण्ड नर्भिक अस्पताल पुगे

श्रीमती सीताको निधनपछि प्रधानमन्त्री प्रचण्ड नर्भिक अस्पताल पुगे

नेपालखबर
असार २७, २०८० बुधबार ९:२६, काठमाडौँ

प्रधानमन्त्रीपत्नी सीता दाहालको उपचारका क्रममा निधन भएको छ।

थापाथलीस्थित नर्भिक अस्पतालमा बुधबार बुधबार बिहान ८.३३ बजे सीताको निधन भएको प्रधानमन्त्रीका निजी चिकित्सक डा. युवराज शर्माले पुष्टि गरेका छन्। बिहान ९:३० बजे पत्रकार सम्मेलनमार्फत् अस्पतालले यसबारे जानकारी दिँदैछ।

पत्नी सीताको मृत्युपछि प्रधानमन्त्री प्रचण्ड थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन्।

सीताको पार्थिव शरीर बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार दिउँसो २ बजे पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .