नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज (बुधबार) बस्दै छ।
कांग्रेस केन्द्रीय समिति बैठक झन्डै एक वर्षपछि बस्न लागेको हो।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको कांग्रेसका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिए।
बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टी सङ्गठनका विविध विषयमा छलफल हुने उनले बताए।
यसबीच कांग्रेसले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक तथा केन्द्रीय कार्यसम्पादन बैठकबाट पार्टीका महत्त्वपूर्ण विषयमा छलफल तथा निर्णय गरेको छ। रासस
27
Shares

प्रतिक्रिया