ad ad

राजनीति


ज्ञानेन्द्र शाहीलाई राप्रपा सुदूरपश्चिम सहसंयोजकको जिम्मेवारी

ज्ञानेन्द्र शाहीलाई राप्रपा सुदूरपश्चिम सहसंयोजकको जिम्मेवारी

नेपालखबर
असार २७, २०८० बुधबार ६:५१, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सुदूरपश्चिम प्रदेशको सहसंयोजकमा पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीलाई नियुक्त गरेका छन्।

अध्यक्ष लिङ्देनले पार्टीको विधानअनुसार उनलाई सो पदमा नियुक्त गरेका हुन्। शाही पार्टीका प्रमुख सचेतकको जिम्मेवारीमा समेत रहेका छन्।

त्यसैगरी अध्यक्ष लिङ्देनले कर्णाली प्रदेशको सहसंयोजकमा पार्टीका सहमहामन्त्री धनबहादुर बुढालाई नियुक्त गरेका छन्। पार्टीका गतिविधिलाई जनस्तरमा पुर्‍याएर संगठनलाई सुदृढीकरण गर्न शाही र बुढालाई नयाँ जिम्मेवारी प्रदान गरिएको पार्टीले जनाएको छ ।

यसअघि पार्टीले सातवटै प्रदेशमा पार्टीका वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरूलाई प्रदेश संयोजकको जिम्मेवारी प्रदान गरेको राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .