ad ad

राजनीति


जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे सकारात्मक छलफल भइरहेको छ : सञ्चारमन्त्री शर्मा

जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे सकारात्मक छलफल भइरहेको छ : सञ्चारमन्त्री शर्मा

नेपालखबर
असार २६, २०८० मंगलबार २०:०, काठमाडौँ

aसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे सकारात्मक छलफल भइरहेको बताएकी छिन्।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताएकी हुन्। 

सो सम्बन्धमा अहिले अलि पोजेटिभ छलफल भएपनि निष्कर्षमा भने पुगिनसकेको मन्त्री शर्माको भनाइ थियो।

त्यस अवसरमा उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सुरु देखिनै राष्ट्रिय सहमतीको सरकारमा जोड दिनु भएको पनि स्मरण गराइन्। 

‘अहिले अलि पोजेटिभ छलफल भइरहेको छ। यसको निश्कर्षमा पुगिसकेको छैन। निश्कर्षमा नपुग्दाखेरी यस विषयमा भन्न सकिएन,’ उनले भनिन्।

मन्त्री शर्माले रासायनिक मलको अभाव नभएको जिकीर समेत गरिन्। 

प्रधानमन्त्री र कृषि मन्त्रालयले मलमा समस्या नभएको कुरा बारम्बार भनेको उल्लेख गर्दै उनले वितरणमा भने केही समस्या देखिएको र त्यसको समाधानमा पनि सरकार लागि परेको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .