राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सचिवालयको मुख्य सचिवमा केदारबहादुर अधिकारी मनोनित भएका छन्।
अध्यक्ष राजेन्द्र लिङ्देनले अधिकारीलाई मुख्य सचिवमा मनोनयन गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।
अधिकारी पार्टीका केन्द्रीय सदस्य हुन्। उनले आज (२५ असार) बाट मुख्य सचिवको जिम्मेवारी निर्वाह गर्नेछन्।
उनी नेपाल सरकारका पूर्व सचिव पनि हुन्। अधिकारी नेपाल सरकारमा रहँदा वाणिज्य र पर्यटनमन्त्रालयको सचिव पनि बनेका थिए।
उनी पर्यटन मन्त्रालयबाट सेवानिवृत भएका थिए।
273
Shares
प्रतिक्रिया