ad ad

राजनीति


बालेन मेयर साप, मुद्दा लाग्दा हच्किनुहुन्न : हर्क साम्पाङ

बालेन मेयर साप, मुद्दा लाग्दा हच्किनुहुन्न : हर्क साम्पाङ

फाइल तस्बिर : काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) शाह र धरान उपमहानगरका मेयर हर्क साम्पाङ।


नेपालखबर
असार २५, २०८० सोमबार ८:४६, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई धरान उपमहानगरका मेयर हर्क साम्पाङले मुद्दा लाग्दा नडराउन सुझाव दिएका छन्। 

काठमाडौं महानगरका हलमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाएपछि हलवालाहरूले बालेन्द्रविरुद्ध मुद्दा हालेका छन्। जसअन्तर्गत आइतबार (हिजो) मात्र सर्वाेच्च अदालतले उनलाई तारेख दिएको छ। आइतबार सामाजिक सञ्जालमा तारेख पर्चा सार्वजनिक गर्दै मेयर बालेन्द्रले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफूलाई ‘अपराधी’ बनाइएको भन्दै गुनासो गरेका थिए। 

सोही सन्दर्भमा धरानका मेयर हर्कले त्यस्ता मुद्दा त आफूलाई धेरैवटा लागेको उल्लेख गर्दै नहच्किन बालेन्द्रलाई आग्रह गरेका हुन्।  

‘बालेन मेयर साप, मुद्दा लाग्दा हच्किनुहुन्न। त्यस्ता जाबा मुद्दा त हप्तामा २/३ वटा लाइरन्छ मलाई त’, हर्कले सोमबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘ ढोइट.. भन्दै अघि बढ्नुपर्छ। ढोइट...।’

शाह र साम्पाङ दुवै स्वतन्त्र उम्मेदवारीबाट निर्वाचित मेयर हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .