ad ad

राजनीति


कांग्रेस केन्द्रीय कार्यालयमा आज देशभरका जिल्ला सभापतिको बैठक, यी तीन एजेन्डामा हुनेछ छलफल

कांग्रेस केन्द्रीय कार्यालयमा आज देशभरका जिल्ला सभापतिको बैठक, यी तीन एजेन्डामा हुनेछ छलफल

नेपालखबर
असार २१, २०८० बिहिबार ७:४३, काठमाडौँ

सत्ता साझेदार नेपाली कांग्रेसले आज आफ्नो केन्द्रीय कार्यालय (ललितपुर, सानेपा) मा देशभरका आफ्ना जिल्ला सभापतिहरूको बैठक राख्दै छ। 

बैठकमा क्रियाशील सदस्यता र कांग्रेस सदस्यताको वितरण, नवीकरण र अभिलेखीकरण, विधानबमोजिम गर्नुपर्ने पार्टीका विभिन्न तहका सम्मेलन र पार्टी सञ्चालन तथा व्यवस्थापनलगायत विविध सांगठनिक विषयमा छलफल गरिने कांग्रेसको केन्द्रीय कार्यालयले जनाएको छ।  

बैठकमा कांग्रेस जिल्ला सभापतिहरू आफ्नो जिल्लाअन्तर्गतका प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति/प्रदेश सभा क्षेत्रीय कार्यसमिति/गाउँ, नगरपालिका कार्यसमिति/वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यको नामावली र सम्पर्क नम्बर, त्यस जिल्लामा वडा तहदेखि जिल्लासम्म विधानबमोजिम हुनुपर्ने सम्मेलन कुन कुन तहका सम्पन्न भए, कुन कुनको बाँकी छ, सोको विवरण र योजनाका साथ सहभागी हुनुपर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .