ad ad

कारोबार


सिटिजन्स बैंकका थप पाँच शाखा सञ्चालनमा

सिटिजन्स बैंकका थप पाँच शाखा सञ्चालनमा

नेपालखबर
असार १९, २०८० मंगलबार १५:३४, काठमाडौँ

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना थप पाँच शाखाहरू विस्तार गरेको छ।

बैंकले कोशी प्रदेशको संखुवासभा खाँदबारी, गण्डकी प्रदेशको तनहुँ दमौली, लुम्बिनी प्रदेशको बर्दिया गुलरिया, कर्णाली प्रदेशको सल्यान श्रीनगर र सुदूरपश्चिम प्रदेशको बैतडी पाटनमा ‎एकसाथ नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

यो सँगै बैंकको १८८ वटा शाखाहरु सञ्चालनमा आएका छन्। प्रदेशगत रुपमा बैंकको कोशी प्रदेशमा २७, मधेश प्रदेशमा २९, बागमती प्रदेशमा ५०, गण्डकी प्रदेशमा १३, लुम्बिनी प्रदेशमा ५१, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिम प्रदेशमा ८ शाखा पुगेका छन्।

सुविधा सम्पन्न यस शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरेट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ।

आज बैंकमा अयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नयाँ शाखाका सम्पूर्ण कर्मचारीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै मर्यादित ढङ्ग बाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा सुबिधा उपलब्ध गराउन निर्देशन दिए।

सुशासन , कम्पलाइन्स र प्रुडेन्ट बैंकिङमा ध्यान दिदै ग्राहकहरुलाई उत्कृष्ट सेवा दिने काममा सिटिजन्स बैंक अग्रस्थानमा रहने गरी काम गर्न सो समरोहमा प्रमुख कार्यकारी अधिकृतले सबै कर्मचारीहरुलाई आग्रह गरे। ‘भित्र सिस्टम : बाहिर इमेज’ सिटिजन्स बैंकको मूल नारा हुनु पर्ने भनाई पनि उनले उक्त समरोहमा ब्यक्त गरे।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, ३ वटा विस्तारित काउन्टर,  १४३ वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट  करिव १६ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदानगर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .