राजनीति


राष्ट्रियसभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक-२०७९’ पारित

राष्ट्रियसभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक-२०७९’ पारित

नेपालखबर
असार १८, २०८० सोमबार १७:२०, काठमाडौँ

राष्ट्रियसभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक-२०७९’ पारित भएको छ।

सोमबार बसेको राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सो विधेयक पारित गरियोस् भनि राख्नु भएको प्रस्ताव बहुमतले पारित भएको हो। बैठकमा सांसदहरुले आवश्यक्ता र औचित्यको आधारमा मात्रै थप विश्वविद्यालय खोल्न सरकारलाई सुझाव दिएका थिए।

राष्ट्रियसभाको अर्को बैठक असार १९ गते मंगलबार (भोलि) १ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको छ।

आज (सोमबार) बसेको बैठकमा आगामी आर्थिक वर्षको वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, सहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad