राजनीति


कृषि समितिभित्र सिंचाई र जलस्रोतका विषय नसमेटिएको भन्दै सभामुखको ध्यानाकर्षण

कृषि समितिभित्र सिंचाई र जलस्रोतका विषय नसमेटिएको भन्दै सभामुखको ध्यानाकर्षण

नेपालखबर
असार १८, २०८० सोमबार १७:२०, काठमाडौँ

कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिभित्र सिंचाई र जलश्रोत मन्त्रालयको विषय आउनुपर्ने माग गर्दै समिति सदस्यहरूले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन्।

सोमबार सिंहदरबारस्थित सभामुखको कार्यालयमा भेट गरी समिति सदस्यहरुले समितिभित्र सिंचाई र जलश्रोत मन्त्रालय आउनुपर्ने माग गरेका हुन्।

उनीहरूले वर्तमान नियमावलीमा समितिको अधिकार क्षेत्रमा सिंचाई र जलश्रोत मन्त्रालय नपरेकाले नियमावली नै परिवर्तन गर्नुपर्ने अवस्था रहेको भन्दै सभामुख घिमिरेको ध्यानाकर्षण गराएको समितिका ज्येष्ठ सदस्य अम्मरबहादुर थापाले बताएउ। 

‘कृषि समितिसँग पहिलैदेखि सिंचाई र जलश्रोत मन्त्रालय कृषि समितिमा थियो। अहिलेको नियमावलीमा त्यो कट अफ भएको छ। कृषिसँग सिंचाई भएन भने यी दुईबीच अनन्य सम्बन्ध छ,’ उनले भने, ‘त्यो सम्बन्ध हुने भएकाले कृषि मन्त्रालयभित्र सिंचाई आउनुपर्छ। यो नियमावली नै परिवर्तन गर्नुपर्ने अवस्था छ। सभामुखज्युलाई यसमा ध्यानाकर्षण गराएका छौँ।’ 

सभामुखसँगको भेटपछि सभामुख घिमिरेले आफ्नो ध्यानाकर्षण भएको बताएको उनले जानकारी दिए। 

‘यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ, त्यो म गर्छु भनेर सभामुखज्युले भन्नुभएको छ। यसलाई कसरी व्यवस्थापन गर्ने, यो नियमावली नै परिवर्तन गर्नुपर्ने अवस्था आउनसक्ने छ, तत्कालै यो हुनसक्छ भन्ने होइन, यसमा मेरो ध्यानाकर्षण भएको छ भन्नुभयो,’ उनले भने।

प्राकृतिक श्रोत समिति उनले कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिमा उर्जा र सिंचाईका विषय समेटिनु जरुरी रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad