ad ad

राजनीति


संसदमा थापाको प्रश्न- बैंकले जनतालाई किन ऋण लगानी गर्दैन?

संसदमा थापाको प्रश्न- बैंकले जनतालाई किन ऋण लगानी गर्दैन?

नेपालखबर
असार १७, २०८० आइतबार १६:२८, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का सांसद अम्मरबहादुर थापाले बैंकले जनतालाई ऋण नदिएको बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद थापाले बैंकले जनतामा ऋण लगानी नगरेको बताएका हुन्। 

‘व्यवस्थित गरेर लैजाने प्रक्रिया के हो? राज्यले सोच्न सकेन। हिजो बैंक थिएन त्यही तरिकाले मान्छेले ऋण लिन जानुपथ्र्यो अहिले त गाउँ, गाउँमा बैंक छन्,’ उनले भने।

उनले हरेक पालिकामा एउटा बैंक राखिएको भएपनि ती बैंकले जनतामा ऋण लगानी नगरेको उल्लेख गरे। 

‘हरेक पालिकामा एउटा बैंक राखिएको छ। ति बैंकले जनतालाई ऋण लगानी किन गर्दैन? बैंकले सडकको जग्गा बाहेक अन्त लगानी गर्दैन भनेर जनतालाई पीडा दिइराखेको छ। केही समस्या परेमा बैंकले दिदैनँ,’ उनले भने।

उनले सडक छेउको जग्गामाबाहेक अन्य जग्गामा ऋण नदिने भन्दै बैंकले जनतालाई पीडा दिइराखेको बताए। उनले बैंकको सामु राज्य निरीह भएको बताए।

उनले अघि भने, ‘राज्य निरिह बनेको छ। अहिले राज्य गरिब छ। व्यक्ति धनि छ। त्यही व्यक्तिले बैंकको काम गरिरहेको छ। राज्यले त्यसलाई कसरी नियन्त्रण गर्ने हो। सम्पती करलाई पनि राज्यले ध्यान दिनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .