राजनीति


अर्थमन्त्रीको दाबी- आम जनताको पहुँच पुग्नेगरी बजेट आएको छ

अर्थमन्त्रीको दाबी- आम जनताको पहुँच पुग्नेगरी बजेट आएको छ

नेपालखबर
असार १५, २०८० शुक्रबार १९:७, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट मुलुकको आर्थिक वृद्धि गर्ने र त्यसमा आम नागरिकको पहुँच पुर्‍याउने गरी ल्याइएको दाबी गरेका छन्। 

शुक्रबार राष्ट्रियसभाको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन्। 

‘संघीयता अनुसार हामी नगएको पनि होइन। समाजवाद उन्मुख कुरा धेरै पटक आइसक्यो। खाली शब्दले मात्रै केही हुँदैन हेर्नुस्। मूल कुरो अव हामी शब्द जे पनि राख्नसक्छौं। तर त्यसको मर्मको कुरा गर्ने हो भने आर्थिक वृद्धि गर्ने र आर्थिक वृद्धिको पहुँच आम नागरिकलाई पुर्‍याउने नै यो बजेटको लक्ष्य हो,’ अर्थमन्त्री डा. महतले भने।

अर्थमन्त्री महतले बजेट संघीयता विरोध पनि नभएको जिकीर गरे। धेरै आम्दानी गर्नेहरुलाई करको दायरामा ल्याउने काम बजेटमा गरिएको उल्लेख गर्दै उनले त्यसमा पनि असन्तुष्टि व्यक्त गर्नुको कुनै अर्थ नरहेको पटकपटक दोहोर्‍याए। 

‘हामीले करको यद्यपि यो विनियोजन बजेटको विषयमा छलफल गरिरहेका छौं। यसमा मैले धेरै प्रवेश गर्न आवश्यक छैन,’ उनले भने, ‘करको जुन हामीले व्यवस्था गरेका छौं। यसले चाँही जो धेरै आम्दानी गर्छ, उनीहरु करको दायरामा आइराख्या छैनन्। उनीहरुलाई करको दायरामा ल्याउने काम गरिएको छ।’

शब्दजालको कुरा भन्दा पनि आर्थिक वृद्धिको कुरालाई ध्यान दिएर सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको अर्थमन्त्री महतको भनाई थियो।

‘हामी कुरा गर्छौ प्रोग्रेसिप हुनुप¥यो। तर भन्दा उनीहरुलाई बेखुशी बनाउने बजेट ल्यायो। यसलाई ठिक ढंगले बुझिदिन म आग्रह गर्न चाहन्छु’, उनले भने।

अर्थमन्त्री महतले आगामी आर्थिक वर्षमा राजस्व बढ्ने दाबी समेत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad