ad ad

राजनीति


जसपा प्रवक्ता भन्छन्- विधान कार्यान्वयन गर्न चाँडै महाधिवेशन हुन्छ

जसपा प्रवक्ता भन्छन्- विधान कार्यान्वयन गर्न चाँडै महाधिवेशन हुन्छ

नेपालखबर
असार १४, २०८० बिहिबार १८:२३, काठमाडौँ

जनता समााजवादी पार्टी (जसपा)का प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीको महाधिवेशन चाँडै हुने बताएका छन्। बिहीबार सञ्चारकर्मीसँग बस्नेतले उक्त कुरा बताएका हुन्।

‘पार्टीको महाधिवेशन गर्नका लागि विधान अधिवेशनको आयोजना गरिएको हो। पार्टीको विधान अधिवेशन सम्पन्न भएको छ। अब महाधिवेशनको तयारीका लागि जति समय लाग्छ त्यति अवधिभित्र महाधिवेशन हुन्छ,’ बस्नेतले भने।

उनले महाधिवेशन पनि एकताको महाधिवेशन हुने दाबी गर्दै त्यसलाई पार्टीले संस्थागत गर्दै जाने बताए।

जसपाको विधानमा केन्द्रीय समिति महाधिवेशन आयोजक समिति हुने व्यवस्था छ। तर महाधिवेशनमा प्रतिनिधि हुनका लागि तोकिएको कुनै क्षेत्रबाट निर्वाचित हुनुपर्ने भनिएको छ।

महाधिवेशनबाट १५१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने पार्टीको विधानमा उल्लेख छ।

जसपाको विधान अधिवेशन मंगलबार सम्पन्न भएको हो। विधानमा आएका सुझाव र निष्कर्ष समेटेर विधान प्रमाणीकरणका लागि जसपाले ६ सदस्यीय प्रमाणीकरण समिति बनाएको छ।

विधान प्रमाणीकरण भएसँगै कार्यान्वयनमा आउने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .