ad ad

राजनीति


शाही शासनमा दूधको नदी बग्थ्यो भन्ने भाष्य स्थापित गर्न खोजिँदै छ : प्रधानमन्त्री

शाही शासनमा दूधको नदी बग्थ्यो भन्ने भाष्य स्थापित गर्न खोजिँदै छ : प्रधानमन्त्री

नेपालखबर
असार १३, २०८० बुधबार १२:३९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमार्फत् जनताका प्राथमिकतालाई विषायन्तर गर्ने प्रयास भइरहेको बताएका छन्।

आगामी आर्थिक वर्ष २०८०/८१ का लागि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयको विनियोजन बजेटबारे उठेका प्रश्नको जवाफ दिने क्रममा उनले विषय विज्ञता, ज्ञान र विवेकभन्दा निन्दावाजी र आवेग हाबी हुँदै गइरहेको बताए। जसले  जनताका वास्तविक मुद्दा हराउँदै गएर सतही, सस्ता, बजारु विषयले प्राथमिकतामा पाउँदै जाँदा जनतामा निरासा र असन्तुष्टी फैलिएको उनको भनाइ थियो।

जसकारण राजनीतिक कमजोर हुँदै गएको बताउँदै उनले गम्भीर भएर सोच्ने बेला आएको धारणा राखे।

अहिले युद्धका विभिषिका नदेखेको, विद्यालय पुग्न ३-४ घण्टा हिँड्न नपरेको र शाही शासन नदेखेको नयाँ पुस्ता मतदाताका रूपमा तयार भएको र उनीहरूमाझ शाही शासन ठीक थियो जसरी स्थापित गर्न खोजिएको बताए।

'मतदाताका रूपमा नयाँ पुस्ता तयार भएको छ। जसले युद्धको विभिषिका देख्न परेन। विद्यालय पुग्न ३-४ घण्टा हिँड्न परेन। त्यो पुस्ताले देशमा इन्टरनेट, टेलिफोन काटेर, सडक र एयरपोर्ट समेत बन्द गरेर चलाइएको शाही शासन देखेन। सञ्चारगृहमा पुगेर सम्पादकलाई के छाप्ने के देखाउने भनेर निर्देशन दिने इतिहास सोसल मिडियामा उन्मुक्त पुस्तालाई थाहा छैन,' उनले भने, 'त्यो पुस्तालाई हिजो देशमा दूधकै नदी बग्थ्यो भन्ने भाष्य स्थापित गरेर लोकतन्त्रलाई दिग्भ्रमित पार्ने अधिकार हामी कसैलाई छैन। २० वर्षअघि र आज जनताको जीवनस्तरमा आएको परिवर्तनलाई बिर्साउन खोजिँदैछ।'

चौतर्फी अविश्वास खडा गर्ने र लोकत्नत्राित्रक संस्थाविरुद्ध मोहभंग गर्ने प्रयास हुने भइरहेको बताउँदै उनले लोकतन्त्रप्रति एक ढिक्का हुन आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .