नेकपा विप्लव समूहका ललितपुर जिल्ला इन्चार्ज रमेश डंगोल ‘बिशाल’ पक्राउ परेका छन्।
ललितपुरको महाँकाल कालेश्वरस्थित एनसेल टावरमा आगजनी गरेको आरोपमा धोविघाट बस्ने ४४ वर्षीय डंगोललाई प्रहरीले पक्राउ गरेको हो।
यस अघि सोही आरोपमा पक्राउ परेका विप्लव समूहका युवा नेता सन्तमान तामाङ विरुद्ध अभद्र व्यवहार अन्तर्गत मुद्दा दर्ता गरिएको छ।
पुस २४ गते राती सो टावरमा भएको आगजनीको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तामाङलाई २९ गते पक्राउ गरेको थियो भने डंगोललाई बुधबार पक्राउ गरेको हो।
3
Shares
प्रतिक्रिया