नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेस पुनः जीवन दिनपर्ने बताएका छन्। आइतबार पार्टी निकट नेपाल प्रेस युनियन, काठमाडौं शाखाको नवौं अधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेसको नयाँ वसन्त ल्याउनुपर्ने आवश्यकतामा जोड दिए।
नेपाली कांग्रेस अहिले छियाछिया भइरहेको भन्दै उनले यसलाई पुनः जीवन दिनुपर्ने खाँचो रहेको बताए।
‘नेपाली कांग्रेस छियाछिया हुन थालेको छ। अब यसलाई कसरी हामीले पुनः जीवन दिने हो? जाडोको याममा पात झरेको देख्नुभएको छ,’ उनले भने, ‘पात झर्दाझर्दै उसले एउटा तरंग दिन्छ वृक्षलाई की उ जाडो यामलाई छलेर जब वसन्त ऋतु आएँछ फेरि हरियो भएर जान्छ।’
नेता कोइरालाले कांग्रेसलाई बचाउनको लागि सुवेक्षुक संस्थाहरूले पार्टी नेतृत्वलाई खबरदारी गर्नुपर्ने बताए। ‘त्यसैले तीन, चार, पाँच सय वर्ष जान्छ त्यसलाई अपक्टोसिस भनिन्छ। यो नेचुरल प्रक्रिया हो। आउँदो भविष्यमा नेपाली कांग्रेस कसरी जाने भन्नेबारेमा सोच्नुपर्छ,’ उनले भने।
नेता कोइरालाले सबैले आफ्नो दायित्व स्पष्ट गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले संविधानमाथि धेरै प्रहार भइरहेको भन्दै यसको रक्षा पत्रकारहरुले गर्नुपर्ने बताए।
Shares

प्रतिक्रिया