राजनीति


चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन्छ: मन्त्री लिम्बू

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन्छ: मन्त्री लिम्बू

नेपालखबर
असार १०, २०८० आइतबार १६:१५, काठमाडौँ

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले सरकारले चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व ग्रहण गर्ने बताएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री लिम्बूले सरकारले चितवनमा धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण सुरु गरेको क्रिकेट रंगशालाको स्वामित्व ग्रहण गर्ने बताएका हुन्। 

उनले स्वामित्व ग्रहणका लागि आवश्यक प्रक्रिया अगाडी बढाइएको बताए। उनले सरकारले स्वामित्व ग्रहण गरेपछि यसको निर्माणका लागि बजेट ब्यवस्थापन गर्ने पनि बए।

‘धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण प्रक्रिया अगाडी बढाएको यो रंगशालाको निर्माण कार्य अधुरो छ। अत्यन्त जटिल समस्याग्रस्त छ। यो विषयमा सरकारले सम्बोधन गर्ने र यसको स्वामित्व ग्रहण गरेर बाँकी काम सम्पन्न गर्नेगरी प्रक्रिया अगाडी बढिरहेको छ,’ उनले भने, ‘यसको निमित्त शिर्षक हामीले एक लाख मात्रै विनियोजन गरेका छौँ। सरकारले यो स्वामित्व ग्रहण गर्ने त्यसपछि थप बजेट व्यवस्थापन गरेर यो रंगशालालाई सम्पन्न गर्नेगरी प्रक्रिया अगाडी बढीरहेको कुरा म अनुरोध गर्न चाहन्छु।’

उनले विद्यालयमा बालबालिकाको लागि खेलकुद प्रतियोगिता आयोजना गर्न सबै स्थानीय तहमा बजेट विनियोजन गरिएको बताए। त्यस्तै, खेलकुद गतिविधि सञ्चालन गर्नका लागि १०० वटा खेलकुद संघहरुलाई २ लाख ५० हजारको दरले अनुदान दिनेगरी बजेट व्यवस्थापन गरिएको बताए।

मन्त्री लिम्बूले खेलकुद बीमाको निति तयार गर्न प्रक्रिया अगाडी बढेको पनि उल्लेख गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad