राजनीति


संशोधनबिना बजेट पारित गर्न नदिने एकीकृत समाजवादीको निर्णय

संशोधनबिना बजेट पारित गर्न नदिने एकीकृत समाजवादीको निर्णय

फाइल तस्बिर


नेपालखबर
असार ७, २०८० बिहिबार १८:७, काठमाडौँ

 सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले यथास्थितिमा आगामी आर्थिक वर्षको बजेट पारित गर्न नदिने निर्णय लिएको छ।

बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले उक्त निर्णय लिएको हो।

‘यथास्थितिमा बजेट पास हुँदै’, समाजवादीका सांसद अम्मरबहादुर थापाले नेपालखबरसँग भने, ‘त्यसका लागि सरकारसँग छलफल गर्न अध्यक्ष माधवकुमार नेपाललाई जिम्मा दिने निर्णय भएको छ।’

सत्ता गठबन्धनमा रहेको समाजवादी बजेटमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मनोमानी गरेको भन्दै असन्तुष्ट छ। 

दलका नेता माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले संशोधनबिना बजेट पास गर्न नदिने निर्णयबारे गठबन्धनमा छलफल पनि  गर्ने निर्णय लिएको छ। 

बजेटबारे लिएको निर्णयबारेमा समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा. प्रकाशशरण महतलाई जनकारी गराउने निर्णयसमेत गरेको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .