ad ad

राजनीति


राजावादीविरुद्ध समाजवादी मोर्चाका युवाहरू प्रतिवादमा उत्रिने

राजावादीविरुद्ध समाजवादी मोर्चाका युवाहरू प्रतिवादमा उत्रिने

नेपालखबर
असार ६, २०८० बुधबार १८:३८, काठमाडौँ

सोमबार मात्रै गठन भएको चार दल सम्मिलित समाजवादी मोर्चासम्वद्ध युवा संगठनहरुले राजावादी शक्तिहरुविरुद्ध प्रतिवादमा उत्रिने निर्णय गरेका छन्। 

मोर्चामा आवद्ध चार राजनीतिक दलसम्वद्ध युवा संगठनहरुको पहिलो बैठक वाईसीएल नेपालको केन्द्रीय कार्यलय पेरिस डाँडामा बसेर यस्तो निर्णय गरेको हो।

पछिल्लो समय नेपाली राजनीतिमा सामन्तवादका अवशेष तथा प्रतिगामी शक्तिहरुले टाउको उठाउन थालेको दाबी उनीहरुले गरेका छन्। 

‘पछिल्लो समय नेपाली राजनितीमा सामन्तवादका अवशेष तथा प्रतिगामी शक्तिद्वारा प्रगतिशील, अग्रगामी र परिवर्तनकारी राजनीतिक दल र दलका नेताहरुविरुद्ध गरिएका अराजनैतिक अभद्र हर्कतप्रति यो बैठक खेद प्रकट गर्छ’, बैठकपछि वाईसीएल महासचिव सुवोध श्रीपालीले भनेका छन्, ‘त्यस्ता गतिविधिविरुद्ध राजनीतिक रुपमा शसक्त प्रतिवाद गर्ने निर्णय गर्दछौँ।’

बैठकले सोमबार बनेको समाजवादी मोर्चा नेपाललाई स्वागत गर्दै ऐक्यबद्धता जनाएको छ।

युवाहरुले ताप्लेजुङ, पाँचथर र संखुवासभामा बाढी, पहिरोबाट भएको भौतिक तथा मानवीय क्षतिप्रति चिन्ता जनाउँदै उचित क्षतिपूर्ति र राहत ब्यवस्थापनका लागि सरकारसँग माग गरेका छन्। 

बैठकपछि माओवादी केन्द्रनिकट वाईसीएल अध्यक्ष सुवोधराज सेर्पाली, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपानिकट युवा संगठन नेपालका अध्यक्ष पाटन जंगली सी, जनता समाजवादीनिकट समाजवादी युवा संघका अध्यक्ष श्याम सिल्पकार र एकीकृत समाजवादीनिकट युवा संघ नेपालका महासचिव दीपक जिएमसहित उपस्थित थिए। 

पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसहित नेताहरुले राजतन्त्र र हिन्दुराज्यका पक्षमा चर्को लविङ गरिरहेका छन्। 

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीसहितले संसद्‍मै राजतन्त्रको वकालत गरेर माओवादीको चर्को आलोचना गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .