राजनीति


सीताबिना भारत, रामबिना नेपाल अपूर्ण छ : पर्यटनमन्त्री किराँती

सीताबिना भारत, रामबिना नेपाल अपूर्ण छ : पर्यटनमन्त्री किराँती

नेपालखबर
असार ५, २०८० मंगलबार ९:४०, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल रामविना र भारत सीताविना अपूर्ण हुने बताएका छन्।

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा लुम्बिनीमा आयोजित योग शिविरमा सहभागी हुँदै उनले राम र सीता बिना दुई छिमेकी देश अपूर्ण हुन्छन् भनी स्थापित गर्नुपर्ने बताए।

उनले दुई देशबीच २३ सय वर्षअघिदेखि व्यापार सम्बन्ध रहेको बताउँदै दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउनुपर्ने बताए।

उनले हालै भएको प्रधानमन्त्री पुष्पकमल दाहालको भारत  भ्रमणले दुई देशको सम्बन्धलाई नयाँ उचाईमा पुनर्स्थापित गरेको बताए। अब दुई राष्ट्रबीच आर्थिक सम्बन्ध प्रधान हुँदै गएको उनको भनाइ थियो।

यसैगरी भारत हवाई रुट र भैरहवा विमानस्थलमा आईएलस संचालनको निम्ति भारत सरकार सकारात्मक भएको बताउँदै उनले यसले राष्ट्र-राष्ट्र बीच मात्र नभई जनता-जनता बीचको सम्बन्ध पनि थप प्रगाढ बन्ने बताए।

उनले भनेका छन् :
-सीताबिना भारत अपूर्ण हुन्छ रामबिना नेपाल अपूर्ण हुन्छ भन्ने कुरा हामीले स्थापित गर्नुपर्दछ।

-भारतीय उपमहादीपबाट प्रारम्भ भएको योग सिन्धुघाँटी सभ्यतासँग जोडिएको छ। योग आज विश्वव्यापी लोकप्रिय हुँदै गएको छ।

-महर्षि पतञ्जलीले वैज्ञानिक रुपमा सूत्रवद्ध गरे पनि योग सुत्र निर्माण गर्न धेरै ऋषिमुनिहरुले योगदान गरेको छ, गौतम बुद्धको नाम पनि अग्रपंक्तिमा आउँछ।

-योगलाई धार्मिक शारीरिक, मानसिक स्वास्थ्यलाभसFग मात्र होइन मानवलाई योगले विश्व ब्रह्माण्डसँग र मानव कल्याणको साझा ज्ञानसँग जोड्छ।

-२३०० बर्ष अघिदेखि दुई देशको व्यापार सम्बन्ध थियो। त्यो बेला नेपालबाट निर्यात हुने छाला, ऊन र जडिबुटी प्रख्यात थियो भन्ने कुरा कौटिल्यशास्त्रमा लेखिएको पाइन्छ।

-हालै भएको सम्माननीय प्रधानमन्त्रीको भारत  भ्रमणले त्यसलाई नयाँ उचाईमा पुनर्स्थापित गरेको छ अब हामी दुई राष्ट्रबीच आर्थिक सम्बन्ध प्रधान हुँदै गएको छ।

-हवाई रुट र भैरहवा विमानस्थलमा आईएलस संचालनको निम्ति भारत सरकार सकारात्मक छ। जसले राष्ट्र-राष्ट्र बीच मात्र होइन,बरु जनता जनता बीच सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad